८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सीमामा थप सैनिक परिचालन



अ+ अ-

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ ।
आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ । थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार ६०० सैनिक तैनाथ हुनेछन् ।

सैनिकहरुले अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनलाई सुरक्षा कार्यमा मद्दत गर्नेछन् ।राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा नेसनल गार्डमा आबद्ध सैनिकलाई सीमाक्षेत्रमा तैनाथ गर्नेगरी आदेश दिनुभएको थियो । सन् २०१८ कै अक्टोबरमा पनि ठूलो संख्यामा अमेरिकी सेना मेक्सिकोको सीमाक्षेत्रमा पठाइएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरुबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेश गर्न थालेको भन्दै त्यसलाई रोक्न ट्रम्प प्रशासनले सैनिक परिचालन गरेको छ ।