काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे–१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको थिए ।
दुर्घटनामा एकजनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जनाको पथरी मोरङ डाइनास्टिक, ७ जनाको नोबेल र ५ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।