८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग नभएको अनौठो फुटबल कला मेस्सीसँग छ: ग्रिजम्यान



अ+ अ-

काठमाडौं । एथ्लेटिको मड्रिडबाट बार्सिलोनामा हालै अनुबन्ध भएका स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफू कल्बका कप्तान मेस्सीसँग खेल्न आतुर रहेको बताएका छन् ।

बार्सा टिभीसँगको कुराकानीमा उनले आफू मेस्सीसँग खेल्न आतुर रहेको बताएका हुन् । सोहि क्रममा उनले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको बताए। ‘मेस्सी अन्य खेलाडी भन्दा केही फरक छन् ।,’ ग्रिजम्यानले भने, ‘मेस्सीले त्यो काम गरेर देखाएका छन् जो अन्य खेलाडीले गर्न सकेका छैनन् ।’

ग्रिजम्यानले मेस्सी आफ्नो लागि एक नम्बर समेत रहेको बताए । ‘मेस्सी फुटबलका नं एक हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं एक हुन्।’,उनले भने ‘उनीहरु फुटबल र बास्केटबलका इमेज हुन् ।’

ग्रिजम्यानलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८ बर्षीय ग्रिजम्यानले बार्सिलोनासँग पाँच बर्षको सम्झौता गरेका छन् ।

फ्रान्सलाई विश्वकप जिताउँदाका नायक उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको म्याड्रिड गएका थिए । एट्लेटिमा रहदाँ उनले दुई सय ५६ खेल खेल्दै एक सय ३३ गोल गरेका छन् । एट्लेटिकोसँगको पाँच बर्षे सम्झौता सकिएका कारण उनले समरमा क्लब छाड्ने घोषणा गरेका थिए ।