८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस पल्टिँदा दुईको मृत्यु



अ+ अ-

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वतन नखुलेको पुरुष घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।