८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको एनिमेसन स्टुडियोमा आगजनी, मृत्यु हुनेको संख्या २४ पुग्यो



अ+ अ-

टोकियो । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

भवनमा आगलागी बिहान साढे १० बजेबाट सुरु भएको थियो। स्टुडियोमा आगो लगाउने आशंका गरिएको व्यक्ति पनि आगलागीमा परेर घाइते भएका छन्।उनको प्रहरी निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।

आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपीलाई बताएका छन् ।

आगजनीमा मारिएका प्रायः व्यक्ति कम्पनीमा कार्यरत थिए । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक ।एएफपीसँग कुरा गर्द क्योटोका प्रहरी प्रवक्ताले भने,‘एक व्यक्तिले पेट्रोलजन्य पदार्थको प्रयोग गरी आगो लगाएका हुन्।’उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ ।