१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पक्राउ



अ+ अ-

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन् ।

पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा अरबौँ रुपैयाँ हिनामिना गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।

गिरफ्तारीमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री अब्बासीलाई शुक्रबार एकाउन्टिबिलिटी अदालतमा पेस गराइनेछ ।

अब्बासी विपक्षी पार्टी पीएमएल–एन का दोस्रो ठूलो नेता हुन् । एनएबीका अधिकारीहरुले अब्बासीलाई लाहोरको टोल प्लाजानजिक रोकेको थियो । अब्बासी पीएमएल–एन का प्रमुख र नवाज शरीफका भाइ शहबाज शरीफलाई भेट्न जाने तयारीमा थिए । अब्बासी सन् २०१८ मार्च महिनामा दुई दिनको औपचारिक भ्रमणमा नेपाल आएका थिए ।