८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीको एक होटलमा विष्पोट, घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो



अ+ अ-

धनगढी । धनगढीको निलम होटलमा विष्पोट हुँदा घाईते भएका पाँचै जनाको परिचय खुलेको छ । शहिद गेटमा रहेको होटलमा विस्फोट हँदा पाँच जना घाइते भएका थिए।

विस्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खान रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

प्रहरीले घाइतेहरुको साथबाट पेस्तोल भेटाएपनि उनिहरु को हुन् र कहाँ संलग्न छन् भन्ने कुरा नखुलेको बताएको छ । प्रारम्भिक अनुसन्धानले सिलिण्डर बम विस्फोट गराएको देखिएपछि अन्तिम टुंगो भने लागेको छैन ।

यसअघि प्रहरीले विप्लव समूहका कार्यकर्ताले बोकेर हिडेको बम विष्फोट भएर उनिहरुनै घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो ।