८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे आईसीसीको निलम्बनमा, विश्वकप छनोटमा सहभागिता अनिश्चित



अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ ।जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

‘हाम्रो सदस्य राष्ट्रलाई निलम्बन गर्ने कुरालाई हामीले हलुका रूपमा लिएका छैनौं । तर खेलमा राजनीतिक हस्तक्षेप नहोस भन्ने चहन्छौं, जुन जिम्बाबेमा भयो र उनीहरूले आईसीसीको विधानविपरित काम गरे,’ आईसीसीका प्रमुख शशांक मनोहरले भने ।

बैठकले आर्थिक सहायता रोक्न र आफ्नो कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ । आईसीसीले जिम्बाब्वेको आर्थिक सहायता रोक्नुको मुख्य कारण आफूले दिएको रकमको ठूलो हिस्सा क्रिकेट र खेलाडीको हितमा प्रयोग गर्नुको साटो जिम्बाब्वे सरकारले लगेको हुनसक्ने आईसीसीको बुझाइ छ । जिम्बाब्वे आर्थिक संकटमा छ ।

यससँगै अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट र अक्टोबरमा हुने टी–२० विश्वकप छनोट जिम्बाब्वे सहभागी हुने सम्भावना न्यून भएको छ ।

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन ।

नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन । नेपाली क्रिकेट अहिले आईसीसीकै निगरानीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ ।