८ आश्विन २०८१, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो: विप्लव समूह



अ+ अ-

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता पुष्टि भएको छ ।

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । विस्फोटमा घाइते हुनेमा सिंह र सेरला बाहेक मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे छन् । पाण्डे होटल सञ्चालक हुन् भने मोविन होटल नजिकै रहेको गाडी मर्मत केन्द्रका मिस्त्री हुन् ।

भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

विप्लव समुहले सो घटनामा परि घाइते भएका सर्वसाधारणको सवास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचार व्यवस्था पार्टीले गर्ने जनाएको छ ।

घटनाले आम नागरिकमा परेको असहजताप्रति दुःख व्यक्त गर्दै घटना हुनुको पछाडिको मूल कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवाद सरकारले लिनुपर्ने विप्लव समूहले जनाएको छ ।

यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए । अनुसन्धानका क्रममा मृतक सबै विप्लव समूहको भएको खुलेको थियो भने विष्फोटक पदार्थ सही तरिकाले ह्याण्डल गर्न नसक्दा दुर्घटना भएको खुलेको थियो ।