८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्री बस्नेतको नाममा ६१ करोड ‘कालोधन’ फेला परेपछि………….



अ+ अ-

काठमाडौं । प्रणामी बचत तथा ऋण सहकारी संस्थाले पूर्वमन्त्री मोहनबहादुर बस्नेत र उनको परिवारको आफ्नो संस्थामा खाता नखोलिएको दाबी गरेको छ ।

शुक्रबार संस्थाका उपाध्यक्ष देवीन्द्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गरी मन्त्री बस्नेत र उनको परिवारको नाममा खाता नरहेको दाबी गरेका छन् ।

विज्ञप्तिमा यस्तो खालका भ्रमपूर्ण समाचारमा कुनै सत्यता नरहेकोले द्धिविधामा नपर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह समेत गरेको छ ।

बिहीबार केही सञ्चारमाध्यमहरुमा प्रणामी बचत तथा ऋण सहकारी संस्थासँग जोडेर मन्त्री बस्नेतको श्रोत नखुलेको सम्पत्तिबारे समाचार प्रकाशित भएको थियो ।सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेको उल्लेख गरिएको थियो ।