१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्री बस्नेतको नाममा ६१ करोड ‘कालोधन’ फेला परेपछि………….



अ+ अ-

काठमाडौं । प्रणामी बचत तथा ऋण सहकारी संस्थाले पूर्वमन्त्री मोहनबहादुर बस्नेत र उनको परिवारको आफ्नो संस्थामा खाता नखोलिएको दाबी गरेको छ ।

शुक्रबार संस्थाका उपाध्यक्ष देवीन्द्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गरी मन्त्री बस्नेत र उनको परिवारको नाममा खाता नरहेको दाबी गरेका छन् ।

विज्ञप्तिमा यस्तो खालका भ्रमपूर्ण समाचारमा कुनै सत्यता नरहेकोले द्धिविधामा नपर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह समेत गरेको छ ।

बिहीबार केही सञ्चारमाध्यमहरुमा प्रणामी बचत तथा ऋण सहकारी संस्थासँग जोडेर मन्त्री बस्नेतको श्रोत नखुलेको सम्पत्तिबारे समाचार प्रकाशित भएको थियो ।सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ बराबरको ‘कालो धन’ फेला परेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा स्रोत नखुलेको सम्पति प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको फेला परेको उल्लेख गरिएको थियो ।