८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनको सक्रियता सामान्य हुँदै



अ+ अ-

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उहाँले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिनुभयो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १५ ।० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६०।०, सिमरामा ७।०, नेपालगञ्जमा ५४।० र जुम्लामा ०।३ मिलिमिटर वर्षा मापन गरिएको छ । राति देशभर सामान्य बदली रहीे केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ ।

त्यस्तै उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।