८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी



अ+ अ-

तेहरान । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको थियो ।उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताउनु भएको समाचारमा जनाइएको छ ।

यस घटनाले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको ह्वाइट हाउसस्थित राष्ट्रपति ट्रम्पले बताउनु भएको छ ।

तर आफ्ना सबै ड्रोन सुरक्षित फर्केको इरानका सशस्त्रबलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले बताउनु भएको छ । इरानको कुनै पनि ड्रोन अमेरिकी पानी जाहाजसँग आमनेसामाने नभएको सिकार्चीले बताउनु भएको छ । ट्रम्पका अनुसार बिहीबार ‘युएसएस बक्सर’ले आफ्नो आत्मरक्षाको लागि आक्रमण गरेको बताउनु भएको छ ।

इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको यस दाबीको अस्विकार गर्नु भएको छ । अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा सैन्य सङ्घर्ष सुरु हुनसक्ने भय उत्पन्न भएको छ ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता तनाव बढ्दै गएको हो ।


इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो । तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको छ ।