८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटना हुनुभन्दा चार दिनअघि विप्लबका कार्यकर्ता किन भने कसलाई के थाहा ?



अ+ अ-

कैलाली । बिहीबार साँझ धनगढीमा बम विस्फोट हुँदा ज्यान गुमाएका राम सिंहले जीवनका बारेमा फेसबुकमा मार्मीक स्टाटस लेखेका रहेछन् । बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको थियो ।

प्रहीका अनुसार विस्फोटमा परि ज्यान गुमाएका सिंहको साथबाट मोबाइल र तीन ओटा सिम पनि प्रहरीले बरामद गरेको छ । उनको साथबाट ‘रिमोट टेस्टर’ लगायतका सामग्री पनि फेला परेको छ । विस्फोटक पदार्थ बोकेर हिँड्नुको प्रयोजन अझै खुलेको छैन ।

२७ वर्षीय सिंहले आफ्नो फेसबुक वालमा घटना हुनुभन्दा चार दिनअघि फेसबुकमा लेखेको स्टाटस उनको वास्तविक जीवनसँग मेल खाएको छ । गएको २९ गते उनले लेखेको स्टाटस यस्तो छ– ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’