१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा

पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा
अ अ+ अ-

पाल्पा । पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ ।

कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले प्रतिवेदनमा उल्लेख गरेको जानकारी गराउनुभयो । मालपोत कार्यालयमा २०६० मङ्सिर १६ गते कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको छ तर १६६ नम्बरको उक्त कित्ता जग्गा नापी विभाग, कित्ता नापी महाशाखाको अभिलेखमा भने कित्ताकाट नगरिएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा ती दुई कित्तामध्ये ६६० नम्बरको कित्ता खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा मालपोत कार्यालयमा श्रेस्ता कायम गरिएको छ भने कित्ता नं ६६१ नापी कार्यालयमा नक्साङ्कन गरिए पनि श्रेस्ता भने कायम गरिएको पाइएको छ । ६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट पनि २०७२ साल असोज ५ गते मोही सारी अर्कैको नाममा बनाइएको छ ।

उहाँको नामबाट उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालयमा देखिन आएको बताइएको छ । आठ रोपनी नौ आना एक दाम एक पैसा क्षेत्रफल रहेको कित्ता नं ६६१ जग्गामा मोही महलमा चक्रपाणि पाण्डे, थपबहादुर थापा, दुर्गाबहादुर थापा रहेको मालपोत कार्यालयमा रहेको दर्ता कित्ताबाट देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ तर ती मोहीले भने जग्गा श्रेस्ता कायम गर्न सकेका छैनन् ।

“कित्ता नं १६६ नापी विभागबाट प्राप्त नक्सा कित्ताकाट नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ताकाट भएको देखिएकाले कहिले कसरी कुन प्रमाणको आधारमा कित्ताकाट भएको हो”, प्रतिवेदनमा भनिएको छ, “सो नामसारी गर्दा के कुन प्रमाणका आधारमा नामसारी भएको हो प्रमाण खुल्ने कागजात नदेखिएकालेसो कार्य कानूनसम्मत देखिएन ।”

यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा रहेको सरकारी जग्गा कित्ता नं ४६७ पनि रानीघाट गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त १२ रोपनी नौ आना दुई पैसा क्षेत्रफल रहेको जग्गा मोहीका नाममा दर्ता गरिएको हो ।

यसैगरी रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता नं ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ । १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल रहेको उक्त जग्गा २०६२ माघ १८ गते नापी विभागमा शङ्कास्पद रुपमा पेन्सिललाइन कित्ताकाँट भएको देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रले रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।