८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरले गर्यो यस्तो निर्णय, के पुरा होला त ?



अ+ अ-

चतवन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान गर्ने नीति लिइने छ । पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ ।

सोहीअनुरुप रङ प्रदान गर्न सक्ने वा नसक्ने विषयमा विक्रेतासँग समेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।

चालू आर्थिक वर्षको शुरुआती चरणबाट कामलाई अघि बढाइने उहाँको भनाइ छ । महानगरभित्र सामूहिक आवास भवन (अपाटमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र अण्डरग्राउण्ड पार्किङ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरेको छ ।