८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोषणमा प्रोटिनको महत्वबारे कार्यक्रम



अ+ अ-


काठमाडौं । मानवीय स्वास्थ्यमा प्रोटिनको मात्राको महत्व र आवश्यकताबारे राजधानीमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
अमेरिकाको सिबर्न एक्सपर्ट काउन्सिल र गण्डकी बोर्डिङ स्कुल एलुमुनाई एसोसिएनद्धारा राजधानीको अन्नपूर्ण होटलमा आयोजना गरिएको सो कार्यक्रमका सहभागी चिकित्सकहरुले मानव स्वास्थ्यका लागि प्रोटिनको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
सो कार्यक्रममा गण्डकी बोर्डिङ स्कुलका विद्यार्थी र उनीहरुका परिवार समेत गरी २५० जनाको सहभागिता रहेको थियो । उनीहरुमार्फत मानव स्वास्थ्यमा प्रोटिनको मात्राको बारेमा जानकारी दिन सो कार्यक्रम प्रभावकारी हुने आयोजकहरुले बताएका छन् ।
सो कार्यक्रममा गण्डकी बोर्डिङ स्कुल एलुमुनाई एसोसिएन, काठमाडौँका अध्यक्ष डा.सुजिता हिराचनले सो कार्यक्रमका सहभागी तथा समग्र नेपाली नागरिकलाई आफ्नो दैनिक खानपिनमा प्रोटिनको मात्रामा ख्याल गर्न आग्रह गरिन् ।


उनले प्रोटिनको महत्वका विषयमा विद्यालयका पाठ्यक्रमहरुमा पनि व्यवस्था गर्नुपर्नेमा नेपाल सरकार तथा सबै सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएकि थिइन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नानीशोभा शाक्यले प्रोटिनको महत्वमाथि प्रकाश पार्दै नागरिकले आफ्नो स्वास्थ्यमा यसको आवश्यकता बुझ्न आग्रह गरिन् ।
सो कार्यक्रममा सहभागी युएसएसइसका डा.पवनकुमारले खानामा प्रोटिनका स्रोतहरु के के हुन् भन्ने जानकारी दिएका थिए । उनले हरेक व्यक्तिले एक दिनमा के कति प्रोटिन चाहिन्छ भन्ने जानकारी राखेर प्रोटिनको मात्रा पुराएर खानुपर्नेमा जोड दिए ।
गण्डकी बोर्डिङ स्कुल एलुमुनाई एसोसिएन, काठमाडौँका उपाध्यक्ष डा.शीतलकाजी श्रेष्ठले मानिस आफ्नो स्वास्थ्यको पहिलो डाक्टर आफै हो भन्दै सबैले प्रोटिन दूतका रुपमा काम गर्न आग्रह गरे ।
पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढेका पूर्व विद्यार्थीहरुको यस संस्थाले देशका विभिन्न क्षेत्रमा छात्रबृत्ति दिने, स्वास्थ्य क्याम्पहरु राख्ने तथा विद्यार्थीहरुलाई विभिन्न विषयमा परामर्श गर्ने लगायतका काम गर्ने गर्दछ ।