५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

के पुरा होला त भूमिका बिहिन प्रचण्डको योजना



अ+ अ-

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ ।

विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘कतिपय विषयमा सहमति जुटिसकेको छ, केही विषयमा सहमति जुट्न बाँकी छ, सम्भवत् सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउनेछ ।’

महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ । पूर्व एमालेबाट विभाग र आयोगको प्रमुख बन्नेहरुको नामावली तयार भएपछि पूर्व माओवादी केन्द्रको भागमा परेको विभाग प्रमुखको नामावली टुंगो लगाउन प्रचण्डलाई सकस परेको छ । विभाग र आयोगको प्रमुख बन्ने आकांक्षीको संख्या धेरै हुँदा नाम टुंगो लाग्न नसकेको बताइएको छ ।

सचिवालयमा रहनुभएका अध्यक्षद्धय र महासचिवले विभागको जिम्मेवारी नलिने विषयमा मोटामोटी सहमति भएपछि संगठन विभागको प्रमुख वामदेव गौतमलाई दिँदा महासचिव विष्णु पौडेललाई कुन विभागको प्रमुख बनाउने भन्ने विषयमाथि पनि छलफल सुरु भएको छ । सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओली र महासचिव पौडेललाई विभागको प्रमुख नदिने विषयमा मोटामोटी सहमति जुटे पनि अर्का अध्यक्ष प्रचण्डको जिम्मेवारी तोक्नुपर्ने विषय पार्टीभित्र उठेकै छ । एकीकरण भएको लामो समय बितिसक्दा समेत प्रचण्डले अध्यक्षको हैसियतमा निर्वाह गर्ने भूमिकाको बारेमा स्पष्ट हुन नसकेको बताइन्छ ।

एकीकरणपूर्व अध्यक्ष ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टीको जिम्मेवारी लिने सहमति भएको थियो । तर एकीकरणको पन्ध्र महिना बितिसक्दा समेत अध्यक्ष प्रचण्डको भूमिका तोकिएको छैन । प्रचण्डले पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाए ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने घोषणा गरिसक्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।