१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी बन्दै सिसी क्यामेरा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।
उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि धमाधम उपत्यकाभित्र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’

काठमाडौँ, ललितपुर र भक्तपुरमा २१ हजार सिसी क्यामेरा

उपत्यकाभित्र एक वर्षको अवधिमा सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार र सडकको लेन उल्लघंन गर्ने ५ हजार जनालाई महानगरीय ट्राफिक महाशाखाले सिसी क्यामेराको फुटेजको आधारमा कारबाही गरेको छ ।
यसै गरी सवारी दुर्घटनाका २ सय ८६ र चोरीका १ सय २८ वटा घटनामा प्रहरीले सिसी क्यामेरको फुटेको आधारमा कारबाही गरेको छ । ९४ वटा सामान छुटेका घटनामा सिसी क्यामेराको फुटेको आधारमा सामान पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ भने ८७ वटा कुटपिटको घटनामा संलग्न दोषीको पहिचान गरी कारबाही गरेको छ ।
सिसी क्यामेराको प्रयोगसँगै कम जनशक्तिले पनि धेरै काम गर्न सक्ने भन्दै प्रहरीले समुदायसँगको सहकार्यमा सिसी क्यामेराको जडानलाई बढाउँदै लगेको छ । प्रमुख प्रहरी नायव महानिरीक्षक क्षेत्रीले भन्नुभयो– ‘सिसी क्यामेराको कारण प्रहरीलाई धेरै घटनामा अनुसन्धान गर्न सहज भएको छ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकामा पछिल्लो समयमा ३ सय ४३ वटा सिसी क्यामेरा जडान भएका छन् । उक्त कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले १ सय ६५ वटा स्थानमा सिसी क्यामेरा जडान गरिरहेको छ ।
हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्र जडान भएका ५ सय ३६ वटा सिसी क्यामेराको मनिटरिङ गर्दै आएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएसँगै स्थानीय तहले सिसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गर्ने क्रम बढेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा जडान गर्नुपर्ने योजना अगाडि सारेको छ । प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौंमा ९ हजार १ सय १७, ललितपुरमा ६ हजार ३ सय ३९ र भक्तपुरमा ५ हजार ९ सय ८५ वटा सिसी क्यामेरा आवश्यकता रहेको रिपोर्ट तयार पारेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशितत छ ।