८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलले रियल मड्रिड छाड्दै, चाइनिज सुपर लिगको अफर अश्विकार



अ+ अ-

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल कल्ब छाड्ने संघारमा रहेको बताए छन् ।

आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि गेल टिममा परेनन् ।
बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ, तर उनी पूर्वक्लब टोटनहृयाम र्फकने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

गत सिजन बेलको प्रदर्शन खस्किएपछि ‘क्लबमा परिवर्तन’को निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् ।

यता बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् ।बेलले चाइनिज सुपर लिग खेल्न आएको करिब १.५ मिलियन डलर प्रति साताको अफर अश्विकार गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार बेललाई अहिले उनले रियल म्याड्रिडमा पाउदै आएको पारिश्रमिकको लगभग केयौ गुना बढी अफर गरिएको थियो । तर बेलले सो अफर अश्विकार गर्दै म्याड्रिड नछोड्ने निर्णय गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

जिदान फर्किए पछि रियलको नयाँ टिममा उनले बेललाई खासै महत्व दिएका छैनन् ।धेरै जसो इन्जुरीका कारण बाहिर रहेका बेलले अहिले रियल म्याड्रिडमा प्रति साता सवा ३ लाख डलर पारिश्रमिक पाउने गर्दछन् ।