१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार्डले पनि जिताउन नसकेको म्याड्रिड!



अ+ अ-

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियल म्याड्रिड पराजित भएको छ । आइतबार विहान भएको खेलमा बार्यनले रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराएको हो ।

बायर्नको जितको लागि कोरेन्टिन टोलीस्सो, रोबोर्टो लेवानडोस्की र सर्जी ग्नाब्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि एक गोल रोड्रीगोले फर्काएका थिए । बार्यनले खेलको १५ औं मिनेटमा कोरिन्टन टोलिसोको गोलबाट अग्रता लिएको थियो । बाँकी गोल भने दास्रो हाफमा मात्र भयो ।खेलको ६७ औं मिनेटमा रोबर्टो लेभान्डोस्कीले गोल गरे भने दुई मिनेटपछि सर्ज गोनाब्रीले गोल गरे ।

खेलको ८१औ मीनेटमा रियलका रोड्रीगोलाई फाउल खेलेका बायर्नका गोल किपर स्भेन अलरेइचले रातो कार्ड पाएर मैदान छोडेपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो ।

त्यसको फाइदा उठाउँदै तीन मिनेटपछि नै रियल मड्रिडका रोड्रागोले गोल गरे, तर टोलीको हार टार्न सकेनन् ।गत सिजन निकै खराब खेलेको रियल म्याड्रिडले यस सिजनमा बेल्जियमका इडेन हजार्डलाई भित्र्याएको छ । पहिलो हाफ खेलेका हजार्डले पनि रियललाई जित दिलाउन सकेनन् ।

त्यस्तै पछिल्लो सिजनमा पर्याप्त खेल नपाएका वेल्सका स्टार खेलाडी ग्यारेथ बेलले यस खेलमा खेल्ने मौका नै पाएनन् ।