१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धमूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन



file photo
अ+ अ-

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बिहिबार बुटवल–बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका थिए । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका छन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको थिए ।