१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ता संघसंस्थाको संयुक्त अपिल, राफसाफ नगर्न लगानीकर्तालाई आग्रह



अ+ अ-

काठमाडाैंः शेयर बजारका लगानीकर्ताका संघसंस्थाहरुले राफसाफको विषयमा देखिएका जटिलता टुँगो नलागेसम्म कारबाही प्रकृया अगाडि नबढाउन केन्द्रीय निक्षेप प्रणाली (सिडिएसी)लाई संयुक्त अपिल गरेका छन् ।

चारवटा लगानीकर्ता संघसंस्थाका अध्यक्षले आइतबार संयुक्त वक्तब्य निकाली यस्तो आग्रह गरेका हुन् । वक्तव्यमा राफसाफका लागि लगानीकर्ताहरु स्वयँ शेयर ब्रोकर कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था अव्यवहारिक रहेको उल्लेख छ । उनीहरुले अनलाइन र प्रबिधिको युगमा पनि लगानीकर्ता स्वयँ ब्रोकर कार्यालयमा धाउनु उपयुक्त नरहेको जनाएका छन् ।

यसरी वक्तव्य निकाल्नेहरुमा नेपाल इन्भेष्र्टर्स फोरम, शेयर लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह र नेपाल पूँजी बजार संघ रहेका छन् ।

यो व्यवस्था यही साउन १ गतेदेखि लागू गर्ने सीडीएसले जनाएको थियो ।