काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।
कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको का केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । समितिको सदस्यमा डा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन् ।
त्यस्तै तारानाथ दाहालको संयोजक, भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्देशिका निर्माण समिति गठन गरिएको छ । स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजक र सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल चयन भएका छन् ।
प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौंमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिए ।