८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके आन्दोलनमा जाने राणाको चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उनले जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको बरु भ्रष्टाचार बढेको उनको आरोप छ । दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसके उनले आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

अध्यक्ष राणाले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे ।

बैठकमा पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाले बताए ।