८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमाथि गोली प्रहार



अ+ अ-

हेटौँडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोवार गर्ने गरेको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोवार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौँमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् । राक्सिराङका अन्य गाँजा कारोवारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ । स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ । विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो । स्याङतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताए ।