८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगानाको अध्यक्षतामा आर्थिक पत्रकार संघको प्रदेश कमिटि गठन



अ+ अ-

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटि गठन गरिएको छ । आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा ३ नम्बर प्रदेश कमिटि गठन गरेको हो ।

अध्यक्षमा निर्वाचित ढुंगाना अनलाइन खबरमा कार्यरत आर्थिक पत्रकार हुन् । संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरो लगानी डटकमका सुधा देवकोटा निर्वाचित भएका छन् ।

यसैगरी संघको सचिवमा मेरो लगानी डटकमका तिर्थराज पौड्याल, सहसचिवमा युवराज बस्नेत र भूमिका बस्नेत निर्वाचित भएका छन् भने संघको कोषाध्यक्ष राजधानी दैनिककी पुजा चँदरा र सहकोषाध्यक्षमा विकासन्यूज डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा विजमाण्डू डटकमा खेमराज श्रेष्ठ (अमिर), बैंकिङ खबर डटकमकी दीलु कार्की, बाह्रखरी डटकमका सुरञ्जन घिमिरे, विजपाटी डटकमका शिव धिताल, नेपाल समाचारपत्रका परिवर्तन देवकोटा, याहो टेलिभिजनका दीपेश घिमिरे, मेरो लगानी डटकमका अरुण पाख्रिन, अर्थडबलीकी सीता श्रेष्ठ र अर्थसंसार डटकमकी कमला भुसाल चयन भएका छन् ।

भेलाले चार सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ । सल्लाहकारहरुमा भक्तराज रसाईली,, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका हुन् । सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटिको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए ।