१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् ।

तामाङलाई महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको उनले बताए ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको थापाले बताए ।