८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् ।

तामाङलाई महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

थानकोटका डीएसपी कुमारविक्रम थापाका अनुसार कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको उनले बताए ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको थापाले बताए ।