४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविकी जेठी पत्नीले दिइन् वहुविवाहको उजुरी



अ+ अ-

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ ।

निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले वहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

‘शिल्पा पोखरेलसँग सम्बन्धको विषयमा पटक–पटक सम्बन्धको हल्ला चल्दा कामको सिलसिलामा मात्र हो भन्ने जवाफको विश्वास गरेको थिए’ हेमाले दिएको जाहेरीमा अगाडि लेखिएको छ ‘अहिले दुबैको २०७५ साल पौष ११ विवाह दर्ता भएको प्रमाणपत्र फेला परेको छ’, जाहेरीमा लेखिएको छ ।

पछिल्लो समय शिल्पा र छविको विवाह दर्ताको कागजात हात पारेको भन्दै उनले भनेकी छन्, ‘मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

गौशालाका डीएसपी प्रदिपबहादुर सिंहले हेमा उजुरी लिएर प्रहरी वृत्तमा आएको भएपनि दर्ता भइनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टि गर्दैछौं । आवश्यक परे दर्ता हुन्छ ।’