२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं। करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन् ।

गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो ।

गत जेठमा राजधानीको सुकेधारामा बम विस्फोट हुँदा तीन जना नेकपाका नेता कार्यकर्तासहित एक सर्वसाधारणको ज्यान गएको थियो । सो विस्फोटमा नेकपाका नेताहरू कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, गाधीराम रानामगर ‘गोकुल’ र दीपेन्द्र विक ‘देउराम’ को ज्यान गएको थियो ।
यसैगरी सोही दिन नै घट्टेकुलोमा भएको विस्फोटमा विद्यार्थी नेता प्रज्वल शाहीको ज्यान गएको थियो । सो विस्फोट भने कोठाभित्र बम राखिएकै अवस्थामा भएको थियो ।

यसैगरी, सोही दिन नै थानकोटमा आफैंले बोकेको बम विस्फोटमा परी घाइते भएका अर्का एकको समेत निधन भएको थियो भने यी तीन घटनामध्ये सुकेधारामा एक सर्वसाधारण मारिएका थिए ।
यसैगरी, गत बिहीबार धनगढीमा नेकपाका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’को आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । सो विस्फोटमा अर्का एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।

यस बीचमा भएका बम विस्फोटका घटनामा परी विप्लव नेता कार्यकर्ता र सर्वसाधारण गरी १० जना घाइते भएको प्रहरीले बताएको छ ।

विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धपछि सो समूहबाट देशभर गरी १९ वटा विस्फोटका घटना भएको प्रहरीले जनाएको छ । यस्तै, यसबीचमा ९५ वटा बम निष्क्रिय पारिएको र १० स्थानमा आगजनी र तोडफोडका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रतिबन्दयता हालसम्म प्रहरीले विप्लव समूहका नेता कार्यकर्ताबाट विभिन्न प्रकारका गरी २३ नाल हतियारसमेत बरामद गरेको छ । यसैगरी, ४१७ राउन्ड गोली, ४ थान डेटोनेटर र ३१ मिटर डेटकर्ड सो समूहबाट बरामद भएको प्रहरीको तथ्यांकले देखाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।