२७ भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारिलो हतियार प्रयोग गरी बुवाको हत्या, आमा गम्भीर घाइते



अ+ अ-

धनगढी । घरायसी विवादमा धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको गरेका हुन् ।

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक जोशीका अनुसार नन्दे रावतलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।