४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउने सोमबारको ब्रत बस्नुका यस्ता छन् फाइदा



अ+ अ-

काठमाडौं । साउन महिना सुरु भइसकेको छ । यतिबेला धेरै मानिसहरु विशेषगरी महिला र युवती सोमबारको ब्रत बस्छन् । कतिले शिव भगवानलाई खुसी राख्नका लागि महिनाभरीका लागि सात्विक भोजन गर्ने गर्छन् ।धार्मिक मात्रै नभई स्वास्थ्यको हिसावले पनि ब्रत लाभदायक हुने विज्ञहरु बताउँछन् । तपाईंले आस्थाका लागि बस्नुभएको ब्रतले शरीरमा विभिन्न फाइदा पुर्याउँछन् भन्ने कुरा के तपाईंलाई थाहा छ ?

अनुसन्धानमा पत्ता लागे अनुसार जो व्यक्ति कम खान्छन्, उनीहरुको शरीर धेरै समयसम्म फिट रहन्छ । सुरुमा ब्रत बस्दा शरीरले असजिलो महसुस गर्छ तर समयसँगै शरीरलाई भोको पेट बस्ने बानी पर्छ । १२ घण्टासम्म केही नखाने व्यक्तिको शरीरमा अटोफागी नामको सफाई प्रक्रिया सुरु हुन्छ ।

अनावश्यक कोसिकालाई शरीरले सफा गर्न थाल्छ । साउन महिनामा बढी वर्षा हुने हुँदा कीटाणुको संक्रमण पनि चाँडै हुन्छ । त्यसैले माछामासु जस्तो चाँडै संक्रमित हुने खाद्यवस्तु खादैनन् ।

धेरैले यो महिनामा शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् । ब्रत बस्दा जीवन लामो हुनसक्छ किनभने मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ । साथै, ब्रत बस्नेहरु निकै हल्का पनि महसुस गर्छन् । हल्का शरीरले मन पनि हल्का हुन्छ र दिमागले राम्रोसँग काम गर्छ । समग्रमा भन्नुपर्दा ब्रतले सकारात्मक असर पुर्याउने गर्छ ।

यो सिजनमा कहिले अत्याधिक गर्मी हुने त कहिले अत्याधिक झरी पर्ने हुँदा भोकभोकै बसेर व्रत लिनुभन्दा फलफूल तथा जुसहरु खानुपर्छ । फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ ।

यसबाट शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईंको तौल कम हुनसक्छ । अनुसन्धानमा यो पनि प्रमाणित भइसकेको छ कि शर्ट टर्म फास्टिङ अर्थात् केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।

आयुर्वेद अनुसार ब्रत बस्दा शरीरमा जठराग्नी (डाइजेस्टिभ फायर) बढ्ने गर्छ । यसले पाचन बलियो हुन्छ । यसले ग्यासको समस्या पनि भाग्छ ।