८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको सरकारी जग्गाबारे छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग



अ+ अ-

काठमाडौं । भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाइरहने नागरिक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रधानमन्त्री निवास बालुवाटारको जग्गामा निस्पक्ष छानविन गर्न माग गरेको छ ।

ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी जग्गा हिनामिनाको निस्पक्ष छानविन गरी दोषीलार्इ कारवाही गर्न माग गरेका हुन् ।

‘सो सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमित तथा गैर कानुनी निर्णय गर्न गराउन कतिपय जिम्मेवार कर्मचारीहरु सहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको हुँदा यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ भन्ने हाम्रो प्रबल धारणा छ’ अध्यक्ष रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै पूर्व सचिव शारदा प्रसाद त्रिताल प्रतिवेदनले औंल्याएका व्यक्तिहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो समेतले गहन अनुसन्धान गरिरहेको बिषयप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएका छन् ।

ट्रान्सपरेन्सीले प्राय सबै ठुला अनियमितता एवं भ्रष्टाचारका काण्डहरु राजनैतिक नेतृत्वको संलग्नता विना कर्मचारीहरुको चाहनाले मात्र हुन प्राय असम्भव रहेको ठहर गर्दै भ्रष्टाचारका घटनाहरुमा प्राय कर्मचारीहरुमाथी दोष थोपरेर राजनैतिक नेतृत्व सधै उम्कने बिडम्बनापूर्ण स्थिति मुलूकमा रहेको जनाएको छ ।

‘बिभिन्न अध्ययन तथा अनुसन्धानबाट राजनैतिक पक्षनै भ्रष्टाचारको मूल कारक हो भन्ने प्राप्त निष्कर्षलाई हामीले आत्मसात गर्दै राजनैतिक नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुनु अनिवार्य छ’ ट्रान्सपरेन्सीले भनेको छ ।