८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौता पक्का हुँदा खुशीले रोए : ग्रिजम्यान



अ+ अ-

काठमाडौं । फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले रोएको बताएका छन् ।

हालै मात्र एथ्लेटिको मड्रिड छाडेर बार्सिलोना गएका ग्रिजम्यानले स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा अनुवन्धित हुनासाथ आफूले बाबालाई कल गरेको र खुसीले रोएको उनले सुनाए ।

‘मैले बुबालाई फोन गरे र म खुशीले रुन थाले । किनकी जहाँ थिए । सबैथोक राम्रो भएको थियो’, ग्रिजम्यानले भने, ‘म मेरो साथीहरु, श्रीमती र बच्चाहरुसँग थिए । जुन अविश्वसनीय क्षण थियो ।’

ग्रिजम्यान जापान टुरमा छन् रहेका छन् । उनले फरक प्रशंगमा आफू मेस्सीसँग खेल्न आतुर रहेको बताए । उनले भनेका छन्, ‘हो मेस्सीसँगै खेल्नु आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि उनी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

ग्रिजम्यानले गत मेमा नै सिजनको अन्त्यमा एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका थिए ।तर गत साता १२० मिलियन युरो रिलिज क्लज तिर्न बार्सालोना तयार भएपछि ग्रिजम्यान नाउ क्याम्प आए ।