२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौता पक्का हुँदा खुशीले रोए : ग्रिजम्यान



अ+ अ-

काठमाडौं । फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले रोएको बताएका छन् ।

हालै मात्र एथ्लेटिको मड्रिड छाडेर बार्सिलोना गएका ग्रिजम्यानले स्पेनिस अनलाइन मार्कालाई दिएको अन्तर्वार्तामा अनुवन्धित हुनासाथ आफूले बाबालाई कल गरेको र खुसीले रोएको उनले सुनाए ।

‘मैले बुबालाई फोन गरे र म खुशीले रुन थाले । किनकी जहाँ थिए । सबैथोक राम्रो भएको थियो’, ग्रिजम्यानले भने, ‘म मेरो साथीहरु, श्रीमती र बच्चाहरुसँग थिए । जुन अविश्वसनीय क्षण थियो ।’

ग्रिजम्यान जापान टुरमा छन् रहेका छन् । उनले फरक प्रशंगमा आफू मेस्सीसँग खेल्न आतुर रहेको बताए । उनले भनेका छन्, ‘हो मेस्सीसँगै खेल्नु आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि उनी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

ग्रिजम्यानले गत मेमा नै सिजनको अन्त्यमा एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका थिए ।तर गत साता १२० मिलियन युरो रिलिज क्लज तिर्न बार्सालोना तयार भएपछि ग्रिजम्यान नाउ क्याम्प आए ।