४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा दोहोरो गोली हानाहान हुँदा १६ जना मारिए



अ+ अ-

फराह । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गर्नु भएको छ ।

फराह प्रान्त प्रान्तीय राजधानी फराह शहरको बाहिरी इलाकामा रहेको दराबाद र हैदर घोली इलाकामा रहेका प्रहरी चौकीहरुमा आइतबार राती विद्रोही लडाकूहरुको आक्रमणपछि प्रहरीले गरेको कारबाहीमा परी १२ लडाकु मारिनुका साथै चार प्रहरीले पनि ज्यान गुमाएका छन् ।

यस झडपमा अन्य नौ लडाकू र तीन सुरक्षाकर्मी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । तालिबान लडाकू समूहले भने यस झडपको विषयमा कुनै टिप्पणी गरेको छैन ।