८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्टा पठाइदिन्छु भनी लाखाैं ठगी गर्ने भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महागनरपालिका–९ सिनामांगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डे शुक्रबार पक्राउ परेका हुन्। उनलाई प्रहरीले टेकूबाट पक्राउ गरेको हो।

पाण्डेले भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई ठगी गरेका थिए। कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी उनले नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगेको भन्दै प्रालिका संचालक दावा शेर्पाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।