४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा ठूलो परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्यो: जिदान



अ+ अ-

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल कल्ब छाड्ने संघारमा रहेको बताए छन् ।

आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि गेल टिममा परेनन् ।


बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

बेल र जिदानको सम्बन्ध पछिल्लो वर्ष निकै चिसिएको खबरहरु सार्वजनिक भएका छन्।

‘बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्यो।’ जिदानले भने,‘यो मेरो र बेलबीच कुनै व्यक्तिगत विषय होइन्, तर मैल निर्णय गर्नुपर्छ, हामीले परिवर्तन चाहेका हौं।’अबको केही दिनमै बेलले क्लब छाड्ने उनले संकेत गरेका छन्।

बेलले भोलि नै क्लब छाडे हुन्थ्यो भन्ने जिदानको अभिव्यक्तिपछि बेलका एजेन्ट जोनाथन बरनेटले एएफपीसँग जिदान कलंक व्यक्ति भएको बताए। उलने बेललाई सम्मान नगरको धारणा राखे।

३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ, तर उनी पूर्वक्लब टोटनहृयाम फर्कने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

गत सिजन बेलको प्रदर्शन खस्किएपछि ‘क्लबमा परिवर्तन’को निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् ।

यता बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् ।बेलले चाइनिज सुपर लिग खेल्न आएको करिब १.५ मिलियन डलर प्रति साताको अफर अश्विकार गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार बेललाई अहिले उनले रियल म्याड्रिडमा पाउदै आएको पारिश्रमिकको लगभग केयौ गुना बढी अफर गरिएको थियो । तर बेलले सो अफर अश्विकार गर्दै म्याड्रिड नछोड्ने निर्णय गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

जिदान फर्किए पछि रियलको नयाँ टिममा उनले बेललाई खासै महत्व दिएका छैनन् ।धेरै जसो इन्जुरीका कारण बाहिर रहेका बेलले अहिले रियल म्याड्रिडमा प्रति साता सवा ३ लाख डलर पारिश्रमिक पाउने गर्दछन् ।