८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्यो: जिदान



अ+ अ-

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल कल्ब छाड्ने संघारमा रहेको बताए छन् ।

आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि गेल टिममा परेनन् ।


बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो सबैका लागि राम्रो हुनेछ ।’

बेल र जिदानको सम्बन्ध पछिल्लो वर्ष निकै चिसिएको खबरहरु सार्वजनिक भएका छन्।

‘बेलले भोलि नै मड्रिड छाडे राम्रो हुन्थ्यो।’ जिदानले भने,‘यो मेरो र बेलबीच कुनै व्यक्तिगत विषय होइन्, तर मैल निर्णय गर्नुपर्छ, हामीले परिवर्तन चाहेका हौं।’अबको केही दिनमै बेलले क्लब छाड्ने उनले संकेत गरेका छन्।

बेलले भोलि नै क्लब छाडे हुन्थ्यो भन्ने जिदानको अभिव्यक्तिपछि बेलका एजेन्ट जोनाथन बरनेटले एएफपीसँग जिदान कलंक व्यक्ति भएको बताए। उलने बेललाई सम्मान नगरको धारणा राखे।

३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ, तर उनी पूर्वक्लब टोटनहृयाम फर्कने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

गत सिजन बेलको प्रदर्शन खस्किएपछि ‘क्लबमा परिवर्तन’को निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् ।

यता बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् ।बेलले चाइनिज सुपर लिग खेल्न आएको करिब १.५ मिलियन डलर प्रति साताको अफर अश्विकार गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार बेललाई अहिले उनले रियल म्याड्रिडमा पाउदै आएको पारिश्रमिकको लगभग केयौ गुना बढी अफर गरिएको थियो । तर बेलले सो अफर अश्विकार गर्दै म्याड्रिड नछोड्ने निर्णय गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

जिदान फर्किए पछि रियलको नयाँ टिममा उनले बेललाई खासै महत्व दिएका छैनन् ।धेरै जसो इन्जुरीका कारण बाहिर रहेका बेलले अहिले रियल म्याड्रिडमा प्रति साता सवा ३ लाख डलर पारिश्रमिक पाउने गर्दछन् ।