८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन



अ+ अ-

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो ।

तर त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामक एक समाचार समितिलाई दिएको अन्तर्वार्तामा बताए ।

आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूठो रहेको बताउँदै उहाँले भन्नुभएको छ– यो एकदमै भ्रामक समाचार हो, कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ ।

उनले भने – त्यो समाचार कम्बोडियाको पूर्णतः विरोधमा छ, त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौँ । हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो ?

प्रधानमन्त्री हुन सेनको भनाई थियो– हामीले यसको कुनै आवश्यकता महसुस गरेका छैनौँ र यस विषयमा चीनका नेताहरुसँग पनि कुरा भएकै छैन ।