८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव – इमरान खान



अ+ अ-

वासिङ्टन । अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री खानले भन्नुभयो– “मलाई कसैले तालिबान खान पनि भने । मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ । म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु ।”

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिबानका प्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले “तालिबान खान”को उपमा दिने गरेका छन् ।

प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइट हाउसमा भेट्दै हुनुहुन्छ । उहाँका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि रहनु भएको छ ।

अफगानिस्तानमा विगत दुई दशकदेखि भिषण गृहयुद्ध जारी छ । युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्ति प्रक्रिया प्रारम्भ भएको छ । अफगानिस्तानी शान्ति प्रक्रियामा पाकिस्तान समेत सहभागी छ ।

गल्फ न्यूजका अनुसार वासिङ्टनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिका निवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए । अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलो पटक सम्बोधन गर्नुभएको हो ।

यहीबीच, पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीले पाकिस्तानले शान्ति र स्थायित्वका लागि सबैसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । उहाँले आतंकवादसँग पाकिस्तानले निरन्तर जुधिरहेको पनि बताउनुभयो ।

अमेरिकाको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री खानले आइतबार विश्व बैंकका अध्यक्ष डेभिड माल्पाससँग वासिङ्टन डिसीमा भेटवार्ता गर्नुभयो ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेसी तथा प्रधानमन्त्री खानका बाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफीज शेख पनि उक्त भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।