४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाङ्देलका शिष्यको ‘कलापुञ्ज’ भदौमा



अ+ अ-

काठमाडौं । सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा)को आयोजनामा आगामी भदौमा चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्मा भदौ ५–९ सम्म हुने ‘कलापुञ्ज–६’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो ।

प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईका चित्र रहनेछन् । विसं २०६४ मा स्थापित सोमाले यसअघि पाँच प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

प्रदर्शनीकै क्रममा डा यामप्रसाद शर्माद्वारा कलाकारका व्यक्तित्व र चित्रकारिता समेटी तयार गरिएको पुस्तक विमोचन हुनाका साथै कलाकार र कला विकासमा योगदान दिने दुई व्यक्तिलाइ जनही रु १० हजारका साथ ‘लैनसिंह बाङ्देल सम्मान’ दिइने जनाइएको छ । नेपालमा आधुनिक चित्रकलालाई बाङ्देलले नै स्थापित गरेको मान्यता छ ।