८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपदबाट यो बर्ष १९५ को मृत्यु, बाढीबाट मात्रै ५५ जनाले ज्यान गुमाए



अ+ अ-

काठमाडौं । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदङ्श छ, हवाई दुर्घटनाबाट तीन जना र अन्य तीन जनाको मृत्यु भएको बताए ।

विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ ।

सबैभन्दा बढी क्षति बाढीबाट एक अर्ब पाँच करोड पाँच लाख चार हजार रुपियाँ क्षति भएको छ । बाढीपछि आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख तीन हजार रुपियाँ, चट्याङबाट २६ लाख दुई हजार रुपियाँ, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय रुपियाँ र जनावर आतङ्कबाट नौ लाख १९ हजार रुपियाँ क्षति भएको जनाइएको छ ।

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् ।

यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आङ्शिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी एक हजार १७८ पशु चौपया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनवार आतङ्कबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट छ वटा चौपया मरे । केही दिन अघि आएको अविरल वर्षाका कारण करीब ९० जनाको ज्यान गएको थियो ।