१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी कर : प्रदेश- ३ मा संघीय कानुनविपरीत दोब्बर जरिवाना



अ+ अ-

काठमाडौं । प्रदेश- ३ सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ मार्फत संघीय कानुनलाई नै चुनौती दिने गरी जरिवाना रकम वृद्धि गरेको छ । प्रदेश सरकारले नवीकरणको म्याद नाघेका सवारीसाधनले तोकिएको करको १ सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसको अर्थ कुनै सवारीसाधनले वार्षिक १ सय रुपैयाँ सवारी कर तिर्नुपर्ने रहेछ भने आर्थिक वर्ष ९आव० नाघेमा २ सय रुपैयाँ तिनुपर्नेछ । यसका साथै चालू आवको समेत थपेर ३ सय रुपैयाँ दिनुपर्ने व्यवस्था पनि प्रदेश कानुनमा उल्लेख छ । सवारी करमा गरिएको वृद्धिको यो व्यवस्थालाई सवारीधनीले अस्वाभाविक र अत्यधिक भएको बताएका छन् ।

प्रदेश सरकारले तोकेको जरिवाना संघीय सरकारले तोकेको भन्दा झन्डै ६८ प्रतिशत बिन्दुले बढी हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी करमा अधिकतम जरिवाना कर रकमको ३२ प्रतिशत तोकेको छ । संघीय कानुनविपरीत प्रदेश सरकारले ऐन ल्याएको छ ।

संविधानमै संघीय सरकारको ऐनविपरीत हुने गरी प्रदेश सरकारले कानुन निर्माण गर्न नपाउने व्यवस्था छ । त्यसरी निर्माण गरेको हदसम्म प्रदेशको कानुन निष्क्रिय भएर जाने पायोनियर ल एसोसिएटका अधिवक्ता अनुपराज उप्रेतीले जानकारी दिए । अहिले संघीय सरकारले संघीय संरचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको प्रक्रियामा लगेको छ । संघीय कानुन आएपछि मात्र त्यसअनुसार प्रदेश कानुन बन्नु उपयुक्त हुने कानुन व्यवसायीहरूको भनाइ छ । ३ नम्बर प्रदेशले अत्यधिक जरिवाना लगाउने नियतले हतारमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ ल्याएको कानुन व्यवसायीको भनाइ छ । ३ नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशले भने अझै सवारी तथा यातायात व्यवस्था ऐन मस्यौदा गरेका छैनन् ।

साना–ठूला सवारी बागमती कार्यालय, प्रदेश–३ का निमित्त कार्यालय प्रमुख यामबहादुर क्षत्रीले प्रदेश सरकारले ल्याएको ऐन कार्यान्वयनमा कठिनाइ भइरहेको जानकारी दिए । ‘हामी आफैँ पनि के गर्ने, कसरी गर्ने भन्ने अन्योलमा छौँ,’ उनले भने ।

कार्यालयका सातौँ तहका अधिकृत श्यामबहादुर श्रेष्ठले सरकारले उपलब्ध गराएको ऐनअनुसार काम गरिरहेको बताए । ‘ऐन ठीक वा बेठिक भनेर कर्मचारीले भन्न मिलेन, तर कार्यान्वयनमा देखिएका अप्ठ्याराबारे प्रदेश सरकारलाई जानकारी गराइसकेका छौँ,’ उनले भने । कार्यालयका प्रमुख वसन्त पन्थी करको विषयमा सवारीधनीबाट उठेका विषयबारे छलफल गर्न प्रदेश राजधानी हेटौँडा गएका छन् । ‘यो प्रदेश सरकारमा छलफलको विषय बनिसकेको छ,’ निमित्त कार्यालय प्रमुख यामबहादुर क्षत्रीले भने ।

रुट इजाजतमा पनि अन्योल
अहिले सामान्यतया यातायात कार्यालयले यात्रुबाहक तथा मालबाहक सवारीसाधनलाई एकपटकमा ४ महिनाको सञ्चालन अनुमति (रुट परमिट) दिने गरेको छ । तर, प्रदेश ऐनले एकैपटक १ वर्षको रुट परमिट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले कुनै यात्रुबाहक वा मालबाहक सवारीसाधन धनीले रुट परमिट लिएको ५ महिनापछि अर्को रुटमा सञ्चालन गर्ने अनुमति मागेमा कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको निमित्त कार्यलय प्रमुख यामबहादुर क्षत्रीले बताए ।

ऐनमा सवारी मापदण्ड नै छैन
प्रदेश सरकारले ल्याएको ऐनमा सवारीसाधनको मापदण्ड नै तोकिएको छैन । कुनै सवारीसाधन धनीले आफ्नो सवारीसाधनको रङ हेरफेर गर्न चाहेमा वा च्यासिस परिवर्तन गर्न चाहेमा वा कुनै पार्टस् परिवर्तन गर्न अनुरोध गरेमा के गर्ने भन्ने अन्योल भएको छ । यसअघि संघीय कानुनमा भने निश्चित रङ हुनुपर्ने, जुन कम्पनीको सवारीसाधन हो, त्यही कम्पनीले उत्पादन गरेका पार्टस् मात्र फेर्न सकिने व्यवस्था थियो । यस्ता अन्योललाई लेखेर मन्त्रालयमा पठाउने काम भइसकेको निमित्त प्रमुख क्षत्रीले जानकारी दिए ।

यस्तो छ सवारीसाधन करबारे प्रदेश कानुनको व्यवस्था

प्रत्येक आर्थिक वर्षका लागि प्रचलित प्रदेश कानुनबमोजिम सवारीसाधन कर बुझाउनुपर्नेछ । करदाताले आफ्नो नाममा दर्ता भएको सवारीसाधनमा लाग्ने कर प्रत्येक आर्थिक वर्षको चैत मसान्तसम्म वा दर्ता नवीकरण गर्ने म्याद जुन अघि हुन्छ, सो म्यादभित्र बुझाइसक्नुपर्नेछ ।

म्यादभित्र दस्तुर रकम (कर) नबुझाएमा म्याद नाघेको पहिलो ३० दिनसम्मलाई ५ प्रतिशतका दरले जरिवाना गरिनेछ । त्यसपछिको ४५ दिनसम्मलाई १० प्रतिशतका दरले र आर्थिक वर्षको अन्त्यसम्मलाई २० प्रतिशतका दरले जरिवाना बुझाउनुपर्नेछ । त्यसपछि सो आर्थिक वर्ष नाघेमा ५ वर्षसम्म दोब्बर दस्तुर तिर्नुपर्नेछ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।