८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी



अ+ अ-

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो ।

आगजनी किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आगजनीबाट म र वडासचिव बस्ने कोठामा भएका सामान जलेका छन्, कसले जलायो अहिलेसम्म जानकारी आएको छैन ।” विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।