२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बर्षाका साथसाथै बाढीको खतरा, सतर्क रहन मौसमविदको आग्रह



अ+ अ-

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाब बढने क्रममा रहेको जानकारी दिएको छ ।

मंगलबार बिहानको मापन अनुसार खासगरी कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केही शाखा नदीमा बहाव खतरा तहसम्म पुग्ने मौसमविदले बताएका छन् ।

नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जानकारी गराएको हो ।

केन्द्रले बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य भु–भागमा पुर्ण बदली हुनुका साथै बर्षाको सम्भावना रहेको जनाएको छ ।

मंगलबार जारी सूचनामा मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।