२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपियो: गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गणतन्त्र र संघीयताको रक्षामा विप्लव समूहबाट चुनौती थपिएको बताएका छन् ।

मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा
राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे ।

विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

गृहमन्त्री बादलले देशमा शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनुपर्ने महसुस गरिएको बताए । उनले भने, ‘संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, त्यसलाई सदृढ गर्ने, त्यो हाम्रो राजनीतिक उपलब्धीसँग जोडिएको छ । यसमा अहिले चुनौती निश्चित रुपमा विप्लव समूहबाट भएको छ । राजनीतिक उपलब्धीको रक्षा गर्ने चुनौती र जिम्मेवारी हाम्रो अगाडि छ ।’

एक वर्ष अगाडिको अवस्था र पछाडिको अवस्थालाई हेर्दा राजनीतिक उपलब्धीको रक्षा गर्न सरकार धेरै हदसम्म सफल भएको दाबी उनले गरे । देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्न गृह मन्त्रालय सफल भएको र कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाको निष्कर्ष पनि त्यही रहेको उनले बताए ।

सुन तस्करीको सञ्जाल तोडेको, युवाहरु विदेश जाने क्रम घटेको, अध्यागमनमा सुधार गरेको, सीमाबाट हुने तस्करी रोकिएको, तस्करी घटेको कुरालाई राजश्व वृद्धिले पुष्टि गरेको भन्दै उनले गृह मन्त्रालय सफल भएको सुनाए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राइले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने बताए ।

त्यस्तै गृहन्त्रालयले निर्मला हत्या काण्डमा निरन्तर छानविन र अनुसन्धान भइरहेको पनि प्रस्ट पारेको छ ।