१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवालाई कोरियाले दियो प्राथमिकता



अ+ अ-

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीले आर्थिक गतिविधि बढेको भए पनि सामाजिक मूल्य घटाएको बताएका छन्। अंकुर नेपाल नामक संस्थाले मंगलबार राजधानीमा आयोजना गरेको कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीले पैसाको हिसाब दिएको तर सामाजिक मूल्यको हिसाब नदिएको बताए।

अहिले रेमिट्यान्स र आर्थिक हिसाब देखिएको भए पनि अबको १० देखि १५ वर्षमा नेपालले थेग्नै नसक्ने गरी सामाजिक विकृति भित्रने दाबी मन्त्री विष्टले गरेका छन्। उनका अनुसार वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सको ९० प्रतिशत रकम उपभोग्य वस्तुमा खर्च हुने गरेको छ।

नेपालमा हाल कोरियाबाट आउने रेमिट्यान्स सबै बैंकिङ प्रणालीबाटै भित्र्याउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने भनाइ मन्त्री विष्टको छ। उनले भने, ‘नेपाली युवा शक्तिले ल्याएको पैसाको सदुपयोग गर्ने, विदेशबाट सिकेर आएको सीपको उचित प्रयोग र अनुभवलाई प्रभावकारीरूपमा लगाउन सकियो भने त्यसले दिने सन्देश सकारात्मक हुनेछ।’

नेपालले कोरियाली सरकारसँगको साझेदारीमा काम गर्दै जानेछ। यसका लागि नेपालले आवश्यक कानुन तथा नीतिलाई समयानुकूल संशोधन गर्दै गइरहेको जानकारी विष्टले दिए। नेपालले आर्थिक समृद्धिमा दातृ निकायको सहयोग निकै प्रभावकारी भएको छ। पछिल्लो समय नेपाल र कोरियाबीचको सम्बन्धले आर्थिक विकासमा थप सहयोग पुग्ने बुझाइ पनि उनको छ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताए । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उनको भनाइ रहेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।