८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, दुई घाइते



अ+ अ-

डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना परेर दुई जना घाइते भएका छन् ।

दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको जिप बुधबार बिहान करिब ५ः१५ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८, आरुवाटा भन्ने ठाउँमा दुर्घटना हँुदा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक दीपकबहादुर पातलीले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय पुष्कर नागरी र २४ वर्षीय हिक्मत सामन्त (साउद) घाइते भएका छन् ।

चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए ।

दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।