२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरि वर्षा जारी: शुक्रबारसम्म निरन्तर पानी पर्ने



अ+ अ-

काठमाडौँ । गए रातिदेखि देशका अधिकांश भूभागमा पानी परिरहेको छ । मौसमविद्हरुले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागको नजिकै आएकोले लगभग देशैभरि वर्षा भइरहेको जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबैभन्दा बढी वर्षा भएको छ । त्यहाँ गएको करिब २४ घन्टामा १४६ मिलिमिटर पानी परेको छ ।

त्यसैगरी उता वीरेन्द्रनगर नगरपालिकाको दक्षिणी क्षेत्रमा अविरल वर्षाका कारण डुबान शुरु भएको बताइएको छ । ठूलो पानी पर्ने क्रम बुधबार बिहान भने केही रोकिएको छ । यता काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ ।

हवाई उड्डयनको सूचनाअनुसार वर्षाका कारण देशभरको हवाइ सेवा पनि प्रभावित भएको छ । काठमाडौं विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन् । तर अन्तर्रा्ष्ट्रिय उडानहरु भने नियमित नै रहेका बताइएको छ । वर्षाले गर्दा आन्तरिक उडानहरु भने प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका केही विमानस्थलहरु भारी वर्षाले गर्दा पानी जम्मा भएर बन्द भएका छन् । मौसम पूर्वानुमान शाखाले आज दिनभरि नै पानी पर्ने बताएको छ । बिहीबार अलि कम भए पनि शुक्रबारबाटमात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

निरन्तर वर्षाको सम्भावना अबको २४ घन्टा नै रहेको उनको भनाई छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाई छ । पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
उक्त महाशाखाले आगामी शुक्रबारसम्म नै निरन्तर पानी पर्ने देखाएको छ । कतै थोरै त कतै धेरै वर्षा हुन्छ तर देशैभरि वार्षाको सम्भावना छ तिवारीले भने । तर शुक्रबार दिउँसो देखि भने आंशिक वर्षासहित पानी पर्न रोकिने उनले बताएका छन् ।