८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक



अ+ अ-

बेइजिङ । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक,उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ ।

सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन । ‘अन्तर्राष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो छ’ भन्दै उक्त दस्तावेजमा संयुक्तराज्य अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीतिहरु’ अनुशरण गरेको उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले ‘प्रमुख राष्ट्रहरुमाझ प्रतिस्पर्धालाई जबर्जस्ती बढाएको, आफ्नो प्रतिरक्षा खर्चमा वृद्धि गरेको, आणविक, बाह्य अन्तरिक्ष, साइबर र क्षेप्यास्त्र प्रतिरक्षामा थप क्षमता निर्माण गर्नेतर्फ अग्रसर भएको तथा विश्वको रणनीतिक स्थायित्वलाई बेवास्ता गरेको’ आरोप चीनको छ ।

योजनामा चीनको जनमुक्ति सेनाका शस्त्रलाई उच्च प्रविधियुक्त बनाइने उल्लेख छ । तथापी उक्त योजनामा चीनको सैनिक क्षमता अरु कतिपय मुलुकका सेना सरह नरहेको स्वीकार गरिएको छ ।

उक्त राष्ट्रिय सुरक्षा योजनामा परिवर्तित विश्वमा युद्धको शैलीमा नै परिवर्तन आएको र बौद्धिक युद्धकलामा प्रवेश गरेको उल्लेख छ । आर्टिफिसियल इन्टिलिजेन्स, बिग डेटा, क्लाउड कम्प्युटिङ र नवीन तथा उच्च प्रविधियुक्त सैनिक प्रविधि आजको आवश्यकता भइसकेको उक्त योजनामा उल्लेख छ ।

चीन प्रतिरक्षा खर्च गर्ने मुलुकमा विश्वमै दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा रहेको छ । चीनले सन् २०१९ मा आफ्नो सैनिक खर्चलाई ७।५ प्रतिशतले वृद्धि गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।

प्रस्तावित योजनामा चीनले आफ्नो सेना विश्व शान्तिका लागि मात्र प्रयोग हुने बताएको छ ।