१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा ढलको पानी पसेपछि…



अ+ अ-

विराटनगर । वर्षासँगै संसद् भवनभित्र ढलको पानी पसेपछि प्रदेश १ को संसद् बैठक बुधबार स्थगन गरिएको छ। संसद् भवनमा ढलको पानी पसेर जलमग्न भएको थियो ।

शौचालयको हजमा समेत पानी भरिएर बैठकस्थलमै जमेका कारण प्रदेशसभा बैठक स्थगन गरिएको हो। सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकले चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो।

बुधबार बिहानबाट वर्षा भइरहेका कारण यस्तो अवस्था आएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश १ मा संसद् सञ्चालन हुन थालेको १७ महिना भए पनि त्यसका लागि तत्कालीन जिल्ला विकास समितिको पुरानै भवन र संरचना प्रयोगमा ल्याइएको थियो।

पुराना संरचनाको पनि उचित मर्मत सम्भार नहुँदा वर्षाका बेला ढल र शौचालयको हज भरिएको पानी छिरेर दुर्गन्ध फैलिएको थियो।

मूल ढोकाको पानी बैठक बस्ने समय दिउँसो १ बजेसम्म कायम रहेपछि बैठक स्थगन गरिएको हो। वर्षा केही मत्थर भएसँगै रोस्ट्रमअगाडिको पानी भने सुरक्षाकर्मी र मोटर प्रयोग गरेर सफा गरिएको थियो।

‘पानी मात्रै जमेको भए बैठक चल्ने थियो,’ सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘तर हज नै भरिएर आएको पानीका कारण अत्यन्तै दुर्गन्ध फैलिएपछि स्थगन गर्नुपर्‍यो।’ बैठक स्थगन हुनुको मुख्य कारण फोहोर पानी र त्यसबाट फैलिएको दुर्गन्ध भएको उनले बताए। भने, ‘बैठकस्थलको उचित व्यवस्थापन तत्काल गर्न लागिपरेका छौं।’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।