२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्स्याङ्‍दीमा जीप खस्दा चालकको मृत्यु



अ+ अ-

बेसीसहर । चामे सडकअन्‍तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खस्दा तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए ।

बिहीबार बिहान सोही ठाउँमा मनाङ जाँदै गरेको ट्रक हिलोमा फसेपछि धकेल्ने क्रममा मस्र्याङ्दी किनारमा जीप देखिएको थियो। जीपमा चालक मात्रै रहेको बताइएको छ।